०२ असार २०८३, मंगलबार

सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्ने

भदौ २८, २०७५
सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्ने

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित कास्की जिल्ला अदालत बार एशोसिएसनको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालमा २५० वर्षदेखिको एकात्मक राज्य प्रणाली अन्त्य भई सङ्घीय राज्य व्यवस्था लागुभएकाले त्यसलाई सफल बनाउन प्रदेश बलियो हुनुपर्छ ।” 

मुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच समुचित अधिकारको बाँडफाँड आवश्यक भएको उल्लेख गर्दै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीयतालाई बलियो बनाउन लागि भएको बताउनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कास्की जिल्ला बार अदालतका नवनिर्वाचित अध्यक्ष मुक्तिनाथ सापकोटासहित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्