१४ असार २०८३, आइतबार

अमेरिकाको म्यासाचुसेट्समा अनेकौं भवनमा विस्फोटपछि आगलागी

अमेरिकाको म्यासाचुसेट्समा अनेकौं भवनमा विस्फोटपछि आगलागी

काठमाडौं — अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टनबाहिरका शहरमा रहेका कम्तीमा ३९ घर र भवनमा शृंखलाबद्ध विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

यो विस्फोट ग्यासबाट भएको बताइएको छ ।

स्थानीय प्रहरीले लरेन्स, एन्डोभर र उत्तर एन्डोभर शहरमा आगो र विस्फोटका दर्जनौं घटना भएको बतायो र यो संख्या अझै बढ्ने जानकारी दियो । 

विस्फोटका कारण घरहरूबाट मानिस निस्किएका छन् र धेरैलाई गम्भीर तथा सानातिना चोटपटक लागेको छ । 

स्थानीय ग्यास तथा विद्युतीय कम्पनीहरूले उक्त क्षेत्रमा सेवा कटौती गरेका छन् । 

मेरीम्याक उपत्यकाका अधिकारीहरूले उक्त विस्फोटन कोलम्बिया ग्यास लाइनमा दबाब परेर भएको विश्वास गरेका छन् तर कुनै निश्चित कारणको पुष्टि भएको छैन । 

ग्यासलाइनलाई दबाबरहित बनाइँदैछ तर यसमा समय लाग्छ, राज्य प्रहरीले बतायो । घरमा ग्यास गनाएमा वा कोलम्बिया ग्यास सेवा जोडेका घरमा रहेका मानिसलाई तत्कालै घरबाट निस्कन प्रहरीले सल्लाह दिएको छ । 

लरेन्स अस्पतालले चार व्यक्तिलाई चोटपटक लागेको र उपचार गरिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्