×

NMB BANK
NIC ASIA

न्याम्सको उपकुलपति छनोटमा चिकित्सकको विरोध, सरकार भन्छ– विरोध गर्नुको अर्थ छैन

भदौ २९, २०७५

NTC
Premier Steels

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा रिक्त उपकुलपति नियुक्तिका लागि भएको पहिलो चरणको छनोटप्रति सरकारी चिकित्सक संघले विरोध गरेको छ । 

Muktinath Bank

स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहेको समितिले गत मंगलवार उपकुलपति बन्ने निवेदन दिएका २२ मध्ये ६ जनाको नाम छनौट गरेको थियो । पछिल्लोपटक छनोटमा परेका ६ जना चिकित्सकमा न्याम्सका २ जनामात्रै परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानिएका ६ जनालाई आगामी आइतवारका लागि आफ्नो अवधारणा प्रस्तुत गर्नका लागि समितिले बोलाएको छ । समितिले छानिएका ६ जनाबाट आइतबार तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

संघले स्वास्थ्य मन्त्रालय अन्तर्गत नभई बाहिरबाट उपकुलपति नियुक्त गर्न लागेको भन्दै विरोध गरेको हो ।

Vianet communication

संघले शुक्रबार बहालवाला सरकारी चिकित्सक छनोट गरिनुपर्ने माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ समेत गरेको छ । 

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले उपकूलपति बहालवाला सरकारी चिकित्सक नै हुनुपर्ने बताए । उनले न्याम्सअन्तर्गत देशको केन्द्रीय अस्पताल वीर अस्पताल रहेको भन्दै त्यहाँ नियुक्त हुने उपकुलपति सरकारी सेवामा लामो समय काम गरेको र वीर अस्पताललाई राम्रोसँग बुझेको हुनुपर्ने बताए ।

‘न्याम्सको उपकुलपति छनोटमा षडयन्त्र भइरहेको छ, २२ जनाले दिवेदन दिएकोमा १६ जना फालिए । छानिएकाहरूमा सरकारी सेवा बाहिरका चिकित्सक पनि छन्,’ डा. पाण्डेले लोकान्तरसँग भने, ‘छनोटमा परेकामध्ये बाहिरका चिकित्सकलाई उपकुलपति बनाउने षडयन्त्र गरिँदै छ । त्यसैले हामीले विरोध गरेका हौं ।’

उनले छनोटमा नपरेका १६ जनालाई विनाआधार विवादित भनिएको भन्दै आपत्ति जनाए । मन्त्रालयले सरकारी सेवा बाहिरका चिकित्सकलाई नियुक्त गरी सरकारी चिकित्सकको मनोबल गिराउने काम गर्न लागेको अरोप लगाए ।

यता उपकुलपति छनोट समितिका सदस्य एवं स्वास्थ्य मन्त्रालयका जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. सुशीलनाथ प्याकुरेल भने संघले विरोध गर्नुको कुनै अर्थ नरेको बताउँछन् ।

‘न्याम्सको उपकुलपति छनोट गर्दा वीर अस्पतालकै हुनुपर्छ भन्ने विधानमा किटान गरिएको छैन,’ उनले लोकान्तरसँग भने, ‘स्पष्ट धारणा भएको योग्य व्यक्तिलाई छनोट गरिने हो । यसमा चिकित्सकहरूले विरोध गर्नुको कुनै अर्थ छैन ।’

न्याम्सको उपकुलपति छानोट समितिमा पूर्व स्वास्थ्य सचिव किरण रेग्मी, डा. भगवान कोइराला, डा. अञ्जनीकुमार झा लगायत १० जना वरिष्ठ चिकित्सक छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x