
काठमाडौं –पर्साको बहुदरमाई नगरपालिका–७ स्थित दगही नदीमा पञ्चमी नुहाउने क्रममा बेपत्ता भएका ४ बालबालिकामध्ये २ जना बालिकाको मृत्यु भएको छ ।
ऋषि पञ्चमीको स्नान गर्न आमासँगै गएका बालबालिका नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता हुनेमा बहुदरमाई नगरपालिका–९ की खुमारी रौनियारकी १४ वर्षीया छोरी पिंकी रौनियार, १२ वर्षीया रिंकी रौनियार, स्थानीय मनोज जैसवालकी १४ वर्षीया छोरी मुन्नी जैसवाल र स्थानीय १४ वर्षीय बालक विजय पटेल थिए ।
बेपत्ता भएकामध्ये १४ वर्षीय पिंकी रौनियार र मुन्नी जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१४ वर्षीय बालक विजय पटेलको प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि उनी घर फर्किसकेका छन् भने १२ वर्षी रिंकी रौनियार अझै बेपत्ता छिन् ।