२९ जेठ २०८३, शुक्रबार

सर्वोच्चले चौथो पटक छाड्न आदेश दिएका प्रकाण्ड पुनः पक्राउ, सर्वोच्च परिसरमै नाराबाजी

सर्वोच्चले चौथो पटक छाड्न आदेश दिएका प्रकाण्ड पुनः पक्राउ, सर्वोच्च परिसरमै नाराबाजी

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । 

बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शुक्रवार सर्वोच्च अदालतले प्रकाण्डलाई विनाशर्त रिहा गर्न आदेश दिएको छ । प्रकाण्डलाई छाड्न भनेर सर्वोच्च अदालतले शुक्रवार गरी चौथोपटक आदेश दिएको हो । 

शुक्रवार सर्वोच्चको आदेशानुसार रिहा भएका प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेको छ । 

अदालतले रिहा गर्न भनेर पनि प्रहरीले पुनः पक्राउ गरेको भन्दै प्रकाण्डका समर्थक र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्वोच्च अदालत बाहिरै नाराबाजी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्