०३ असार २०८३, बुधबार

सेनाको हेलिकप्टर खरिदमा भ्रष्टाचारको आशंका

कात्तिक २०, २०७४
सेनाको हेलिकप्टर खरिदमा भ्रष्टाचारको आशंका
लोकान्तर, २९ मंसिर — भारतको प्रतिरक्षा संयन्त्रमा सुधार गर्ने मोदी सरकारको वचनबद्धता पूरा गर्ने हो भने त्यसको थालनी स्थलसेना, नौसेना र वायुसेनाका प्रमुखहरूको नेतृत्व गर्ने ‘चिफ अफ डिफेन्स स्टाफ’को नियुक्तिबाट हुनुपर्दछ भनी टाइम्स अफ इन्डिया अखबारले सम्पादकीय (अग्रलेख) मार्फत सुझाव दिएकोे छ ।


पत्रिकाको सुझाव विभिन्न चरणमा विज्ञहरूले सरकारलाई दिएको परामर्शको सन्दर्भमा आएको हो ।
सोमवार प्रकाशित अग्रलेखमा अखबारहरूले प्रतिरक्षा निकायमा घुसखोरीको बोलबाला भएको अवधारणालाई सम्बोधन गर्न रक्षामन्त्री मनोहर पर्रिकर अघि सर्नुपर्छ भनी लेखेको छ ।

हाल भारतका सञ्चारमाध्यममा यो विषयले विशेष चर्चा पाउनुको कारण शुक्रवार पूर्व वायुसेनाध्यक्ष एसपी त्यागीको गिरफ्तारी हो ।
अगस्टा वेष्टल्याण्डसित हेलिकोप्टर खरीद सम्बन्धी करार हुँदाका बखत अवैध आर्थिक चलखेल भएको सन्दर्भमा अनुसन्धान निकाय सीबीआईले त्यागीलाई पक्राउ गरेको हो ।

भारतमा यसअघि कुनै अवकाशप्राप्त सेना प्रमुखलाई गिरफ्तार गरिएको थिएन । यो पहिलो घटना भएको हुनाले जनचासो तीव्र भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्