१० साउन २०८३, आइतबार

कञ्चनपुर पुगेर चित्रबहादुरले भने–निर्मला प्रकरण सरकारको अग्नि परीक्षा

कञ्चनपुर पुगेर चित्रबहादुरले भने–निर्मला प्रकरण सरकारको अग्नि परीक्षा

भीमदत्तनगर– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताएका छन् । 

अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।” 

अध्यक्ष केसीले अनुसन्धान लम्ब्याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै “अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका÷मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन्”, भने । 

फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्