१० साउन २०८३, आइतबार

दुई साता लामो भ्रमणका लागि नेता पौडेल युरोप प्रस्थान

दुई साता लामो भ्रमणका लागि नेता पौडेल युरोप प्रस्थान

काठमाडौँ– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ । 

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उहाँ आज साँझ युरोप प्रस्थान गर्नुभएको हो । 

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । 

नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्