०६ असार २०८३, शनिबार

सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी

भदौ ३०, २०७५
सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी

काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् । 

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

२०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो । 

त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए । 

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्