०२ असार २०८३, मंगलबार

सामाजिक सुरक्षा भत्ता पाउन अब  ७० वर्ष उमेर पुगेको हुनुपर्ने

भदौ ३०, २०७५
सामाजिक सुरक्षा भत्ता पाउन अब  ७० वर्ष उमेर पुगेको हुनुपर्ने

काठमाडौँ- अब सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेर कानुनमै तोकिएको हो । दलित र एकल महिलाको हकमा भने ६५ वर्ष उमेर कायम गरिएको छ । सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले अन्तिम रुप दिएको हो । शनिबारको प्रतिनिधिसभा बैठकमा यो विधेयक प्रस्तुत हुँदैछ ।
विधेयकले सामाजिक सुरक्षा भत्ताको उमेर तोकेको थिएन । कतिपय अवस्थामा निर्वाचनको एजेण्डा नै बन्ने गरेको विषयलाई कानुनी रूपमा समय तोकिएको हो । राज्य व्यवस्था समिति सदस्य रेखा शर्माले सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर तोकिएको बताइन् । शर्माले भनिन् ‘हामीले सामाजिक सुरक्षा भत्ता पाउने उमेर तोकेका छौँ । जसमा दलित र एकल महिलाको हकमा ६५ र अन्यका हकमा ७० वर्ष उमेर तोकेका छौँ ।’
यसअघि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमेर ६५ वर्ष कायम गर्ने निर्णय गरेको दाबी गरे पनि औपचारिक रुपमा प्रमाणीकरण भएको थिएन । यस्तै, विधेयकले सामाजिक सुरक्षा भत्तामा स्थानीय तहमाथि नियन्त्रण राख्ने गरी विधेयक प्रस्ताव गरेको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्