
कञ्चनपुर- निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ । तत्कालीन एसपी डिल्लीराज विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि अनुसन्धानमा खासै प्रगति गर्न सकेको छैन ।
जिल्लामा हाजिर भएको दोस्रो दिन प्रारम्भिक चरणबाटै अनुसन्धान सुरु गरेको जानकारी दिएका एसपी कडायतले अनुसन्धानमा खासै प्रगति हुन नसकेको बताए । भदौ ८ गते जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले ‘अनुसन्धान गर्ने माहोल बनाइदिए प्रहरीले काम गरेर देखाउने’ बताएका थिए तर उनले भनेजस्तो प्रगति नदेखिएको नागरिक समाजका अगुवा बताउँछन् । अाजकाे कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।