२१ असार २०८३, आइतबार

विश्व शान्ति दिवसमा सहभागी हुन प्रचण्ड आज चीन जाँदै

विश्व शान्ति दिवसमा सहभागी हुन प्रचण्ड आज चीन जाँदै

काठमाडौं– केही दिन भारत भ्रमण गरेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीन जाँदै छन् । चीनमा हुन लागेको ‘विश्व शान्ति दिवस’ कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार नै चीन प्रस्थान गरेको छ । आज जान लागेका प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक छिन् । प्रचण्ड ३ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन । भारत भ्रमण लगत्तै हुन लागेको प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्