
काठमाडौं– नेतृत्वलाई आर्थिक प्रभावमा पारेर राजनीतिमा माथि आउने व्यवसायी कांग्रेसभित्र दर्जनौं छन् ।
पहिले एमालेबाट सभासद बनेका उद्योगपति विनोद चौधरीदेखि राप्रपाबाट सांसद बनेका सूर्यबहादुर केसीसम्म अहिले कांग्रेसका सांसद छन् ।
नवप्रवेशी चौधरी र केसीले एकैचोटि सांसद बन्न पाउनुका पछि उनीहरूको आर्थिक ‘खुबी’ मुख्य कारण थियो । आजकोृ कान्तिपुर दैनिकमा ‘नेताको रोजाइ धनवान’ शीर्षकमा समाचार छापिएको छ ।