२३ जेठ २०८३, शनिबार

यी हुन् युटयुबका अर्बपति सेलिब्रेटी

भदौ ३०, २०७५
यी हुन् युटयुबका अर्बपति सेलिब्रेटी

काठमाडौं–हामीमध्ये अधिकांश मानिस फेसबुक, युटयुबलगायतका सामाजिक सञ्जालमा दिनभरि घोत्लिएकै हुन्छौं । साथीसँग च्याट गर्न होस् वा युटयुबमा रमाइला भिडियोहरू हेर्न नै किन नहोस्, व्यस्त हुने गर्छौं । समय खेर गएको पत्तो हुँदैन । अझ अबेर रातिसम्म पनि यसैमा घोरिएका हुन्छौं । यसले समय त बर्बाद हुन्छ नै, व्यक्तिको दैनिकीसमेत बिग्रने गर्छ । कति ठाउँमा त मानिसलाई मोबाइल र सोसल मिडियाको लत छुटाउन दुव्र्यसनी केन्द्र पनि
खोल्न थालिएको छ । तर, २६ वर्षीय डयानिएल मिडल्टन एउटा अपवाद भएर निस्केका छन् । उनी फरक शैलीमा सामाजिक सञ्जालको प्रयोग गर्छन् । यसको प्रयोग पैसा कमाउनका लागि गर्छन् । युटयुबमा आफ्ना भिडियोहरू राखेर लोकप्रिय जो बनेका छन् । त्यसैमार्फत आम्दानी पनि गर्छन् ।


बेलायती नागरिक मिडल्टन सोसल मिडिया सेलिब्रेटीसमेत बनिसकेका छन् । यिनी बालबालिका माझ लोकप्रिय छन् । ‘डयान टीडीएम’ को नामले लोकप्रिय यिनी ‘प्रोफेसनल गेमर’ को परिचयसमेत बनाइसकेका छन् । युटयब च्यानल ‘द डायमन्ड माइन क्राफ्ट’ का मालिक कहलिएका छन् । यिनको च्यानल खासगरी लोकप्रिय खेल ‘माइन क्राफ्ट’ मा केन्द्रित छ । उनको यूट्युब च्यानलका सब्सक्राइबर २ करोडभन्दा बढी छन् ।


हाल ‘दि डायमन्ड माइन कार्ट’ बेलायतकै सबैभन्दा लोकप्रिय च्यानलमा सूचीकृत छ । मिडल्टनको आम्दानी चार वर्षअघि साढे २१ लाख रुपैयाँसम्म रहेको ‘दि बिजनेस इन्साइडर’ ले अनुमान गरेको थियो । तर, हाल यिनको आम्दानी अर्ब रुपैयाँमा पुगिसकेको छ । पछिल्ला वर्षहरूमा उनको च्यानल भ्युअर्सका आधारमा आधिकारिक रूपमै सबैभन्दा चर्चित हो । एजेन्सीलाई उदृत गर्दै अाजकाे कान्तिपुरमा विस्तृतमा छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्