११ साउन २०८३, सोमबार

साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै, कसले मार्ला बाजी ?

साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं–बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त शनिबार हुँदै छ । उपाधिका लागि साबिक विजेता भारत र माल्दिभ्सबीच प्रतिपस्पर्धा हुन लागेको हो ।

आजको खेलमा भारत लगातार उपाधि उचाल्ने दाउमा छ भने माल्दिभ्स इतिहास दोहोर्याउने प्रयासमा छ । यी दुई टोलीबिच साफमा अहिलेसम्म १२ पटक भेट भएकोमा फाइनलमा मात्रै चार पटक भेट भइसकेको छ ।

पछिल्लो पटक सन् २००९ को फाइनलमा भारतले माल्दिभ्सलाई पेनाल्टीमा हराएको थियो । पाँचौँ पटक फाइनलमा पुगेको माल्दिभ्सले सन् २००८ मा भारतलाई हराएर उपाधि जितेको थियो ।

अहिले यी दुई देश समूह चरणमा एउटै समूहमा थिए । माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० तथा भारतले पाकिस्तानलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्