
सर्लाही–बसको ठक्करबाट सर्लाहीमा शनिबार बिहान एकजनाको मृत्यु भएको छ । सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना २ ख ४५०८ नम्बरको बसको ठक्करबाट हरिपुर नगरपालिका–५ का वर्ष ४८ का अवास मंसुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोकि राखेको बसमा चढ्न खोज्दा एक्कासी बस हिडेपछि मंसुरलाई किचेको थियो । उनको घट्ना स्थलमै मृत्यु भएको हो । उनको शव पोष्ट माटमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।