२१ जेठ २०८३, बिहीबार

विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्छ - उपप्रम पोखरेल

विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्छ - उपप्रम पोखरेल

काठमाडौँ-  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा लय मिलेको जस्तो नदेखिएको उल्लेख गर्नुभयो । 

उपप्रधानमन्त्री पोखरलले भन्नुभयो, “संविधानमा लेखिएका विषय कानून बनाएर सम्बोधन गर्न, मुलुकलाई असहजताबाट सहजतातर्फ लैजान प्रत्येक सरकारले लय मिलाएर काम गर्नुपर्छ, त्यसका लागि सरकार हिम्मतका साथ अघि बढ्ने कोशिस गरिरहेको छ ।” 

सत्तरी प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न सरकारले तयारी गरिरहेको बताउँदै उहाँले दुरदराजबाट काठमाडाँै आएका छात्रालाई सस्तो शुल्क लिई नारी शिक्षाको उन्नयनमा मोर्डन कलेजले विशिष्ठ योगदान दिँदै आएको बताउनुभयो । 

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नारी शिक्षालाई सबैले प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहालले शिक्षासेवीको प्रेरणाबाट मुलुकको नारी शिक्षामा योगदान दिन सकियोस् भन्ने उद्देश्यले अन्यन्तै न्यून शुल्कमा छात्रालाई समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो । 

राजनीतिक क्षेत्रमा सक्रिय रहेर पनि नारी शिक्षाको विकासका लागि विभिन्न जिम्मेवारीमा रहँदा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै कलेजले समारोहमा उपप्रधानमन्त्री पोखरेल र शिक्षासेवी मीरा ध्वजूलाई कदरपत्र प्रदान गरी सम्मान ग¥यो । 

समारोहमा जेहन्दार छात्रा शर्मिला थापालाई रु १० हजार राशिको स्व वेदमाया दाहाल छात्रवृत्ति प्रदान गरियो भने रु १०÷१० हजार राशिका छात्रवृत्ति सुष्मा पहाडी र सिर्जना कुमालले प्राप्त गर्नुभयो । 

समारोहमा शिक्षासेवी रमेशमोहन भट्टराई र राकेश श्रीवास्तवले छात्रा आस्था राई र सोनु गुरुङलाई पढाइका लागि वार्षिक रुपमा लागेको खर्चको रकम उपलब्ध गराउनुभयो । 

उक्त कलेजमा रहने गरी समारोहमा उपप्रधानमन्त्री पोखरेल र श्रीमती ध्वजूले रामकुमारी–मायादेवी अक्षय कोष र अञ्जु बस्नेत कार्कीले विमल–चन्द्र अक्षय कोष पुरस्कारका लागि रु दुई÷दुई लाख रकम उपलब्ध गराउनुभयो । सो अवसरमा कलेजको वार्षिक प्रकाशन अनामिका र कवि गुणराज काफ्ले शाण्डिल्यको कविता प्रवाह कृति लोकार्पण गरियो ।

salt training

कमेन्ट गर्नुहोस्