१९ असार २०८३, शुक्रबार

सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण

सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छ । स्थानीय जनताको अनुदानबाट सञ्चालित अस्पताललाई शुक्लागण्डकी नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष शालिकराम भट्टराईले शनिबार उक्त अस्पतालको सम्पूर्ण स्वामित्व शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गर्नुभयो । 

उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ । 

कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले जनताको लगानीमा जुटाइएको सम्पत्ति सरकारलाई बुझाउनु उदाहरणीय कार्य रहेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अस्पताललाई १५ श्ययाको बनाउन प्रदेश सरकारसँग समन्वय गरिने बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्