०६ असार २०८३, शनिबार

राष्ट्रियसभामा १५ विधेयक पेश हुँदै

राष्ट्रियसभामा १५ विधेयक पेश हुँदै

काठमाडैं–राष्ट्रियसभाको बैठकमा आइतबार १५ वटा विधेयक छलफलका लागि टेबल हुने भएका छन् । प्रतिनिधिसभाबाट पारित भएका मौलिक हकसम्बन्धी विधेयक टेबुल हुन लागेका हुन् । बैठक बिहान ११ बजे बस्ने छ । 

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप विद्येयकमाथिको छलफललाई तिव्रता दिइएको छ । आज प्रस्तुत हुने विधेयकमा सामाजिक सुरक्षा, जातीय भेदभाव तथा छुवाछुत ऐनलाई संशोधन गर्न बनेको विधेयक, रोजगारीको हक, अनिवार्य तथा निःशुल्क शिक्षा, भूमि सम्बन्धी ऐनलाई संशोधन, वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

त्यस्तै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उपभोक्ता संरक्षण सम्बन्धी विधेयक राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्