१३ असार २०८३, शनिबार

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र एनएमबि बैंकबीच सम्झौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र एनएमबि बैंकबीच सम्झौता

काठमाडौं– नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र एनएमबि बैंक लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार एन.बी.आईले एनएमबि बैंक लिमिटेडका काकर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबा टन्युनतम रु ५०लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्