०८ असार २०८३, सोमबार

अमेरिकामा आँधीका कारण १२ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण १२ जनाको मृत्यु

काठमाडौं — अमेरिकाको पूर्वी तटमा फ्लोरेन्स आँधीका कारण भयानक वर्षा भइरहेको छ र १२ जनाको मृत्यु भएको छ । 

भारी वर्षाका कारण भीषण बाढी आएको छ । 

केही शहरहरूमा दुई दिनमा ६० सेन्टीमिटर वर्षा भएको छ र केही ठाउँमा एक मिटर वर्षा हुने भविष्यवाणी गरिएको छ ।

आँधी पश्चिमतिर तीन किलोमिटर प्रतिघन्टाको गतिमा बढिरहेकाले थप समुदायहरू बाढीमा डुब्ने जोखिम रहेको छ । 

‘आँधीले भारी मात्रामा वर्षा गराइरहेको छ र केही ठाउँमा इन्च भन्दा पनि फीटमा नाप्नुपर्ने स्थिति छ,’ नर्थ क्यारोलाइनाका गभर्नर रोय कपूरले बताए । 

उनले स्थानीयहरूलाई घर नफर्कन आग्रह गरेका छन् र राज्यका सबै सडकमा बाढीको जोखिम रहेको चेतावनी दिए । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नर्थ क्यारोलाइनाका आठ काउन्टीमा संकटकाल घोषणा गरेका छन् । यसले उद्धारकार्यमा संघीय लगानी खन्याउन सहज बनाउनेछ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति अर्को हप्ता उक्त क्षेत्रमा जानसक्ने बताएको छ । 

अमेरिकी सञ्चारमाध्यमहरूले आँधीका कारण १२ मानिसको मृत्यु भएको जनाएका छन् ।

बीबीसीबाट 

salt training

कमेन्ट गर्नुहोस्