२७ जेठ २०८३, बुधबार

ʻनिजगढ विमानस्थल निर्माण रोक्ने बहानामा च्याउ सरह विज्ञ उम्रेʼ

ʻनिजगढ विमानस्थल निर्माण रोक्ने बहानामा च्याउ सरह विज्ञ उम्रेʼ

काठमाडौं–बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न केही व्यक्ति र विज्ञ लागेको आरोप सांसदले लगाएका छन् । 

च्याउ उम्रे सरह विज्ञ उम्रिएको र उनीहरु विमानस्थल निर्माणलाई रोक्न अग्रसर रहेको आरोप पर्साबाट निर्वाचित सांसदले लगाएका छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले जब विमानस्थल निर्माणको काम शुरु हुन्छ विरोधका स्वरहरु उठ्ने बताएका हुन् ।

ʻनिजगढ विमानस्थल निर्माणको काम दुई बर्षदेखि शुरु भएको छैन, जब काम शुरु हुन लाग्यो, जब सरकारले कामको थालनी गर्न लाग्यो सदनदेखि बाहिर सम्म निर्माणको काम रोकोस् भनेर षडयन्त्र भइरहेको छʼ सांसद यादवले भने, ʻबाहिरको कुरा गर्ने हो भने, च्याउ उम्रे जस्तो विज्ञहरुको जन्म भएको छ, रुखको बाहानामा वा कुनै बहानामा विमानस्थल निर्माण नहोस् भनेर लागिपरेका छन् ।ʼ

सांसद यादवले कुनै बाहानामा विमानस्थल निर्माणको काम नरोक्न सरकारसँग आग्रह गरे । ʻरुखजति रोप्नु छ रोपोस्, विमानस्थल निर्माणको काम नरोकोस्ʼउनले भने । 

स्थानीय सरकार अरवियन घोडा जस्तो

सांसद यादवले स्थानीय सरकार अरवियन घोडा जस्तो बेलगाम भएको आरोप लगाए ।

ʻघर–घरमा सिंहदरवार पुराउने लक्षका साथ स्थानीय सरकारलाई अधिकार सम्पन्न बनायौं, अहिले जताततै करको आतंक छ, बुलेट बाइकदेखि मोवाइलसम्मʼउनले भने, ʻस्थानीय सरकार अरवियन घोडा जस्तो छ, त्यसको निगरानी नेपाल सरकारबाट भएको छैन । जथाभावी कर नियन्त्रण होस् ।ʼ
 

salt training

कमेन्ट गर्नुहोस्