२२ जेठ २०८३, शुक्रबार

फिलिपिन्समा माङखुत तुफानले मच्चायो तबाही

फिलिपिन्समा माङखुत तुफानले मच्चायो तबाही

काठमाडौं — फिलिपिन्स सरकारले माङखुत तुफानको मानवीय तथा आर्थिक क्षतिको निर्क्यौल गरिरहेको छ । तुफान शनिवार मुख्य टापुमा पसेको थियो ।

कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ तर सडक अवरुद्ध भएका अनि सञ्चार सुविधाहरू बन्द भएकाले ग्रामीण क्षेत्रमा परेको असरको सही अनुमान गर्न सकिएको छैन । 

कृषिका लागि चिनिएको काग्यान प्रान्तमा अन्नबालीमा व्यापक क्षति पुगेको अनुमान छ । 

तुफानमा ९०० किलोमिटर रेन ब्यान्ड र तीव्र हावा छ र दक्षिणी चीनतिर जाँदैछ । 

यसले हङकङलाई गम्भीर जोखिममा पारेको उक्त क्षेत्रको निगरानी गरिरहेको संस्थाले जनायो र स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन आग्रह ग–यो । 

फिलिपिन्समा समुद्रबाट आएको तुफान बाग्गाओको भूमि हुँदै प्रवेश ग–यो । शनिवार स्थानीय समयअनुसार बिहान पौने २ बजे पसेको तुफान २० घन्टापछि गयो । 

सन् २०१८ को सबभन्दा मजबूत तुफानका रूपमा हेरिएको यसले जमीनमा आउँदा केही शक्ति गुमायो । 

आँधीको मार्गमा पचास लाख मानिस थिए र एकलाख भन्दा बढी अस्थायी केन्द्रमा रहेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्