०३ असार २०८३, बुधबार

अमेरिकाले चिनियाँ सामानमाथि थप आयातशुल्क लगाउने

अमेरिकाले चिनियाँ सामानमाथि थप आयातशुल्क लगाउने

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा अर्को चरणमा थप आयातशुल्क लगाउन निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

चीनबाट आयात हुने २०० अर्ब डलर बराबरका आयातमा शुल्क लगाइने अपेक्षा छ । ती सामानमा विद्युतीय पाटपुर्जा र हातेझोला पनि पर्छन् । 

नयाँ आयातशुल्क २५ प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ तर यसलाई कहिलेदेखि लागू गरिने हो त्यो चाहिँ स्पष्ट छैन । 

अधिकारीहरूले सामानको अन्तिम सूचीमा अझै काम गरिरहेको बताइएको छ । 

ट्रम्पले आफ्ना कर्मचारीलाई यही ग्रीष्ममा आयातशुल्कको तयारी गर्ने आदेश दिएका थिए जसकारण अमेरिका र चीनबीच व्यापारयुद्ध चर्केको छ । अमेरिकाले चीनमाथि अवैध व्यापारनीति अपनाएको आरोप लगाउँदै आएको छ ।

नयाँ शुल्क पहिले नै लगाइएका शुल्कमा थपिने भएको हो । अमेरिकाले ५० अर्ब डलरबराबरका चिनियाँ सामानमा आयातशुल्क लगाइसकेको छ । चीनले प्रतिशोधस्वरूप ५० अर्ब बराबरको अमेरिकी सामानमा आयातशुल्क लगाएको
छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्