०८ असार २०८३, सोमबार

आसिफले बताए आशु महाराज बन्नुको कथा

आसिफले बताए आशु महाराज बन्नुको कथा

काठमाडौं — आमाछोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका आसिफ मोहम्मद खान कसरी आशु महाराज बने भन्ने कथा रोचक छ । 

अपराध अनुसन्धान अधिकारीहरूका अनुसार, कथित धर्मगुरु आसिफले भने, ‘मुस्लिम धर्मगुरु बन्दा मलाई हिन्दू धर्मगुरु बन्दा पाइनेजति पैसा हुँदैनथियो । पैसा कमाउनका लागि म आसिफबाट आशु बन्नैपर्थ्यो । मैले यसो गरेपछि धन्धा अघि बढ्यो र मेरो दरबारमा अन्धविश्वासी मानिसहरू पैसाको थैली बोकेर गोडा ढोग्न आए ।’

क्राइम ब्रान्चका अनुसार, आशु महाराजका कागजात अनुसन्धान गर्दा उनले आधारकार्ड, राहदानी र मतदाता परिचयपत्र सबै आसिफ खानकै नामबाट बनाएको पत्ता लाग्यो । 

धर्मगुरु बन्नका लागि मात्र उनले हिन्दू नामको सहारा लिए । 

‘मानिसलाई अलिअलि तर्सायो भने पैसा झर्ने रहेछ । मुसलमानले आफ्नो धर्मका लागि खासै पैसा खर्च गर्दैन जति हिन्दूले गर्छ,’ उनले भने ।

त्यसमा उनले थपे, ‘मैले दिएको सल्लाहले अलिकति मात्र आराम पाइयो भने पनि मानिसले पैसा दिइहाल्छ । मानिसको यही कमजोरी फाइदा हामीले उठाएका हौं ।’

आशु महाराज दिल्लीको धनाढ्य इलाकामा आश्रम बनाएर मानिसलाई झुक्याइरहेका थिए । पहिले उनी साइकलको टायर पंक्चर हुँदा टाल्ने काम गर्थे । पछि उनले आसिफ नाम परिवर्तन गरेर आशु महाराज नाम राखे अनि मानिसको
भविष्य बताउन थाले । 

हात हेरेको उनी २० हजार भारु लिन्थे । उनी आफ्ना ग्राहकलाई फाइभ स्टार होटेलमा भेट्थे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्