१३ असार २०८३, शनिबार

सिटी एक्सप्रेसको 'लखपति एक्सप्रेस' योजना, उपभोक्ताले १२ लाखसम्म जित्न सक्ने

सिटी एक्सप्रेसको 'लखपति एक्सप्रेस' योजना, उपभोक्ताले १२ लाखसम्म जित्न सक्ने

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दश‌ैं, तिहार र छठ लगायतलाई मध्यनजर गर्दै लखपति एक्सप्रेस उपहार योजना ल्याएको छ ।

९० दिनसम्म चल्ने यस योजनाअन्तर्गत उपभोक्ताहरूले 'लक्की ड्र'मार्फत बम्पर उपहार र १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

दैनिक रूपमा १२ जना विजयी उपभोक्ताले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रूपमा तीनजना विजेताले रु. १० हजार, मासिक रूपमा एक विजेताले रु. १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर उपहार र कम्पनी १२ वर्ष पुगेका अवसरमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक र मासिक विजेतालाई बम्पर उपहारका लागि समावेश गराइने छ ।

योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ । 

विद्युतीय प्रणालीअन्तर्गत विजेता छनोट गरिने यस योजनामा कूल ११२० जना उपभोक्ता विजयी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्