२२ जेठ २०८३, शुक्रबार

गर्भवती पत्नीको अगाडि पतिको निर्मम हत्या

गर्भवती पत्नीको अगाडि पतिको निर्मम हत्या

भारतको तेलांगनास्थित नालगोडा जिल्लामा एकजना गर्भवती महिलाको अगाडि उनका पतिको निर्मम हत्या भएको छ । 

नालगोडा जिल्लाको मिरयालागुढा शहरमा एक अस्पताल बाहिर २४ वर्षीय पेरुमाल्या प्रणयलाई उसकी गर्भवती पत्नी अमृताको अगाडि निर्मम हत्या गरिएको हो । 

डाक्टरसँग आफ्नी पत्नीको जाँच गराएपछि दुबै जना अस्पतालबाट बाहिर निस्किरहेका थिए । त्यतिनै बेला एक व्यक्तिले तिखो हतियारले प्रणयको घाँटीमा दुई पटक आक्रमण गरेका थिए । 
प्रणयको घटनास्थलमा नै मृत्यु भएको थियो । 

प्रणय तथा अमृताले यसै वर्षको जनवरीमा प्रेम विवाह गरेका थिए । उनीहरु दुबै जनाको परिवार यो विवाहसँग सन्तुष्ठ थिएनन् । तर प्रणयको परिवारले पछि दुबैलाई स्वीकार गरेका थिए । तर अमृताका परिवार रिसाइरहेका थिए । 

यस्तोमा प्रहरीको शंका अमृताको परिवारतिर सोझिएको छ । 

प्रणय दलित हुन् र अमृता वैश्य समुदायकी हुन् । अमृताका बुवा घरजग्गा कारोबारी हुन् । प्रहरीले अमृताका पितामाथि हत्या गराउन लगाएको आशंका गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्