३१ जेठ २०८३, आइतबार

रक्सी पिएपछि भएको विवादले महानन्दको मृत्यु

रक्सी पिएपछि भएको विवादले महानन्दको मृत्यु

विराटनगर– भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा उत्तानाे पल्टिएकाे अवस्थामा देखिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ती ब्यक्तिलाई राती नै कोशी अञ्चल अस्पताल पुर्‍यायाे । तर उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भयो ।

याे घटना प्रहरीको निकै टाउको दुखाइको बिषय पनि बन्यो ।  घटनाका सम्बन्धमा अनुसन्धान गर्दा मृतक व्यक्ति जिल्ला सुनसरी हरिनगरा गाउपालिका वडा नं. ३ बस्ने बर्ष ५० को महानन्द साह भएको पत्ता लाग्याे ।  

मृतक महानन्दलाई बुढिगंगा गाउपालिका ३ बस्ने बर्ष ६० को धनपाल सरदारको होटलमा मादक पदार्थ सेवनगर्ने क्रममा विवाद भएपछि कुटपिट गरेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । होटलमा विवाद हुँदा होटल संचालक धनपाल सरदार समेतले कुटपिट गरी घाइते बनाएको, उनका छोरा  ४० बर्षको बाबुचन सरदार र ५० बर्षिय छिमेकी बिनोद सरदारले सिटि रिक्सामा राखी कोशी राजमार्गमा ल्याई छाडी दिएको भन्ने खुल्न आएको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

उनले घटनाको बिषयमा अनुसन्धान पछि संलग्न तीनै जनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई बुढिगंगा गाउपालिका ३ बाट पक्राउ गरी कर्तब्य ज्यानअन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्