२० असार २०८३, शनिबार

आयो ‘पैसाको खेती’

आयो ‘पैसाको खेती’

पाल्पा– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । 
 सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले स्वदेशमै कामको खोजी गर्नुपर्नेमा जोड दिए । 


स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उनले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने तर्क गरे । 
उनले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्