३० असार २०८३, मंगलबार

यी हुन् डा. बाबुरामलाई कालोझण्डा देखाउने नक्कली माओवादी पीडितहरू

यी हुन् डा. बाबुरामलाई कालोझण्डा देखाउने नक्कली माओवादी पीडितहरू

अमेरिका–अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई शनिबार ड्यालसमा केही नक्कली माओवादी पीडितले कालोझण्डा देखाएका छन् । आफूलाई माओवादी पीडित भएको दावी गर्दै नेपालका भट्टराईलाई कालोझण्डा देखाउनेमा एकजना भारतीय समेत रहेको पुष्टी भएको छ । 

डा. भट्टराई विरूद्ध अभद्र नाराबाजी गर्नेमध्यका एक दिनेश शर्मा भारतीय नागरिक हुन् । मावली नेपालको धरानमा भएपनि उनी जन्मेको र हुर्केको भारतको मुम्बइ शहर हो । मुस्किलले नेपाली शव्द बोल्ने शर्मा टेक्ससमा आफूलाई ठूलै कांग्रेसी नेता हुँ भन्दै दावी गर्छन् । तर उनी नेपालको नागरिक समेत होइनन् । 

त्यस्तै तरुण दल अमेरिकाको अध्यक्ष बताउने ओम भट्टराई, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती लगायत व्यक्तिहरूको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको थियो । जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरूको संस्था हो ।
 
जनसम्पर्क समिति अमेरिकाका महत्वपूर्ण पदमा रहेका पदाधिकारीहरू पनि कार्यक्रमस्थलमै उपस्थित थिए । तर उनीहरू भने डा. भट्टराईलाई कालोझण्डा देखाएर विरोध गर्ने कार्यक्रममा सहभागी भएनन् । डा. भट्टराई विरुद्ध नारा लगाउँदै विरोध गरिएको प्लेकार्ड समेत उनीहरुले बोकेका थिए । उनीहरुले विरोध गरिरहँदा भट्टराई र नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी कार्यक्रमस्थलमा चुपचाप प्रवेश गरेका थिए । 

डा. भट्टराईविरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् । जनसम्पर्क समितिका पदाधिकारीहरु भित्र अन्तरकृयामा डा. भट्टराईसँग बिभिन्न विषयमा जिज्ञासा राखेर सहभागी भएका थिए । 

कार्यक्रमपछि केही पदाधिकारीहरु डा. भट्टराई बसेको हायात होटलमा गएर छलफल गर्नुका साथै कालोझण्डा देखाउने प्रवृत्ति ठीक नभएको र आफ्नो संगठनको सहमति नभएको जानकारी भट्टराईलाई दिएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालिन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ । 

पूर्वप्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराई जस्तो व्यक्तिलाई कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यवहार प्रति दुःख व्यक्त गरेका थिए । डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए । 

डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले विभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्