०३ असार २०८३, बुधबार

अदालत पुग्यो जयललिताको मृत्यु विवाद, विष खुवाएर मारेको आरोप

कात्तिक २०, २०७४
अदालत पुग्यो जयललिताको मृत्यु विवाद, विष खुवाएर मारेको आरोप
काठमाडौं, २९ मंसिर — चेन्नईको एक गैरसरकारी संस्थाले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको मृत्युको जाँच सीबीआईले गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर गर्दै तेलूगु युवा साक्षी नामक संस्थाले उक्त माग गरेको हो ।


मुद्दा दिनेहरूका अनुसार जयललितालाई विष खुवाएर मारिएको हो र जाँच पूरा नहुन्जेल जयललिताको सम्पत्ति कसैलाई हस्तान्तरण गर्नु हुँदैन ।

जयललिताको उपचार सम्बन्धी कागजात बरामद गर्नुपर्ने वादीको जिकिर छ ।

हुन त जयललिताको मृत्युका सम्बन्धमा प्रश्न उठाइएको यो पहिलो अवसर होइन । मंसिर २४ गते तमिल अभिनेत्री गौतमी ताडिमालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक ब्लगमा सम्बोधन गर्दै जयललिताको उपचारमा सन्देह जताएकी थिइन् ।

जयललितालाई ७५ दिनसम्म गोप्य तरिकाले अस्पतालमा उपचार गरेको विषय शंकास्पद रहेको उनको तर्क थियो ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्