२८ जेठ २०८३, बिहीबार

फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो, प्रभाव हङकङ र पूर्वी चीनमा पनि देखिन थाल्याे

भदौ ३१, २०७५
फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो,  प्रभाव हङकङ र पूर्वी चीनमा पनि देखिन थाल्याे


मनिला- फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । 

आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ । 

प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्या ४९ पुगेको बताउनुभएको छ । यस पहिले आइतबार नै प्रहरीले दिएको जानकारीमा फिलिपिन्समा म्याङ्कुट नामक आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या ३० पुगेको बताइएको थियो । 

फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । 

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । अरु केहीको पनि मृत्यु भएको अपुष्ट खबर प्राप्त भएपनि यसबारे बिस्तृत विवरण प्राप्त भैनसकेको उहाँले बताउनुभयो । 

घर भत्किएर बागुओ सहरका एउटै परिवारका छ जनाको मृत्यु भएको बताइएको छ । 

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु ढालेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । 

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । 

आँधीको प्रभाव फिलिपिन्सबाट क्रमशः हङकङ र पूर्वी चीनमा देखिन थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्