०९ साउन २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक : अपराध संहिताको अनुसूची हेरफेर, अरु के–के भए निर्णय ?

मन्त्रिपरिषद् बैठक : अपराध संहिताको अनुसूची हेरफेर, अरु के–के भए निर्णय ?

काठमाडौं–सरकारले मुलुकी फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गरेको छ । मन्त्रिपरिषद्को आइतबार अबेर सम्पन्न बैठकले सबै प्रकारका ठगी मुद्दाको वादी अब नेपाल सरकार रहने निर्णय गरेको छ । 

बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिए । 

बैठकले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई विभुषण गर्न बनेको समितिले सिफारिस गरेमोजिम राष्ट्रपति समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । 

यस्तै सरकारले यसवर्षको लागि १ लाख टन चिनी आयातको कोटा निर्धारण गरेको छ । तोकिएको भन्दा बढी चिनि आयात गर्न नपाइने बास्कोटाले जानकारी दिए । 

 यस्तै बैठकले उखु किसानलाई  प्रति क्वीन्टल  ६५ रुपैयाँ २८ पैसा अनुमाद दिने निर्णय पनि गरेको छ । 

बैठकले नेपालगन्ज्जमा रहेको कपास विकास समितिको नाम परिवर्तन गरेर राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय भएको पनि मन्त्री बास्कोटाले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्