
काठमाडौं – कर्मचारी व्यवस्थापनको ढिलाइले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । भदौ पहिलो साता मन्त्रालयअन्तर्गतका निकायको संगठन संरचना टुंगो लागे पनि स्वीकृत दरबन्दीअनुसार कर्मचारीको खटनपटन हुन सकेको छैन । कर्मचारीको संख्या टुंगो नलाग्दा मन्त्रालयले करिब २७ सय कर्मचारीको तलब निकासा गर्न नसकेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।