३१ जेठ २०८३, आइतबार

अब अग्रिम ऋण भुक्तानी गर्दा बैंकले शुल्क लिन नपाउने

असोज १, २०७५
अब अग्रिम ऋण भुक्तानी गर्दा बैंकले शुल्क लिन नपाउने

काठमाडाैं-ऋण लिँदा तोकिएको सर्त वा ब्याजदर परिवर्तन भएको कारण ऋणीले अग्रिम कर्जा भुक्तानी गर्न चाहे बैंकले अबदेखि थप शुल्क लिन नपाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा ब्याज नबढाऊन् र सर्तहरू नतोडून् भन्ने उद्देश्यले ‘एकीकृत निर्देशिका ०७५’ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि पनि ब्याजदर बढेको वा सर्तहरू परिवर्तन भएका कारण ऋणीले अग्रिम ऋण भुक्तानी गर्न चाहेमा अतिरिक्त शुल्क (अग्रिम भुक्तानी शुल्क) नतिर्ने सुविधा थियो । तर, त्यसका लागि ऋणीले अग्रिम भुक्तानी गर्न लागेको रकम र आफ्नो आयको स्रोत प्रमाणित गराउनुपथ्र्यो । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्