०६ असार २०८३, शनिबार

ए.पि.सि. नेपालको नयाँ नेतृत्व चयन

ए.पि.सि. नेपालको नयाँ नेतृत्व चयन

काठमाडौं– सडक बालबालिकाको संरक्षणको क्षेत्रमा बाह्र वर्षदेखि काम गर्दै आएको एपि.सि. नेपालको अध्यक्षमा डा. मुकुन्द पथिक वाग्ले निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न १२औं साधारण सभाबाट पथिक दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा चयन भएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै समाज कल्याण परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले लामो समयदेखि ए.पि.सि. नेपालले सडक बालबालिकालाई संरक्षण गरेकोमा खुसी व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष डा. पथिकले आगामी दिनहरुमा ए.पि.सि.नेपाललाई अझैं व्यवस्थित ढङगले सञ्चालन गरिने बताए ।

यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव सुनिता नेपालले लामो समयदेखि ए.पि.सि.नेपालले चुनौतीपूर्ण कार्यक्रमहरुमा काम गर्दै आएको बताइन् । कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका सुनिता शाह, बालबालिका खोजतलास केन्द्रलगायत विभिन्न विद्यालय, अभिभावक तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

संस्थाले गरेका गतिविधि तथा आगामी कार्यक्रमहरुका बारेमा संस्थाका कार्यकारी निर्देशक निलकण्ठ आचार्यले प्रकाश पारे भने बोर्डका सचिव अमृतरत्न मानन्धरले सबैलाई स्वागत गरे । अनिमा खड्काले सञ्चालन गरेको कार्यक्रममा आव २०७४/७५को सामाजिक लेखा परिक्षण समेत भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्