३० जेठ २०८३, शनिबार

निर्मलाका आमाबुवालाई प्रधामन्त्रीले भने – अब तपाईहरू घर जानुस्, अपराधी पत्ता लाग्छन्

निर्मलाका आमाबुवालाई प्रधामन्त्रीले भने – अब तपाईहरू घर जानुस्, अपराधी पत्ता लाग्छन्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपरधीले उन्मुक्ति नपाउने बताएका छन् ।

सोमवार बालुवाटार पुगेका निर्मालाका आमाबुवा दूर्गादेवी र यज्ञराज पन्त, कञ्चनपुरका सांसद, अधिकारकर्मीसँग प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने बताएका हुन् ।

निर्मलाका आमाबुवाले प्रधानमन्त्री ओलीसँग भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । ‘यो हरेक नेपाली चेलीको समस्या हो,’ निर्मलाकी आमाले भनिन्, ‘यसको जडसम्म पुगेर कारवाही हुनुपर्छ ।’
उत्तरमा प्रधामन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने भन्दै भने, ‘अपराधी जसरी पनि पत्ता लाग्छन्, अब तपाईहरू घर जानुस्, हामी अपराधीलाई पक्राउ गर्छाैं ।’

प्रधानमन्त्री ओलीले अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानको प्रक्रियामा ढिलोचाडो हुने बताए । आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै प्रधानमन्त्रीले अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रधानमन्त्रीसँगको भेटमा निर्मलाका आमाबुवा, कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदको उपस्थिति रहेको अधिकारकर्मी माया नेगीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्