२३ जेठ २०८३, शनिबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८० औं शाखा काठमाडौँको थानकोटमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८० औं शाखा काठमाडौँको थानकोटमा

काठमाडौं – ‘योर पार्टनर फर प्रोग्रेस’ नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौंको थानकोटमा सञ्चालनमा ल्याएको छ ।

सोमवार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ कारोबारको शुरूवात गरेका छन् । समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको थियो ।

शाखामार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रबन्धक ध्रुव सुवेदीले व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका ८० वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करीव ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्राहक वर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकएस्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्