
काठमाडौं — आतंकवादी संगठन तालिबानले पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा कम्तीमा १७ जना सुरक्षाकर्मीको हत्या गरेको एक अधिकारीले बताएका छन् ।
फराह प्रान्तीय परिषद्का प्रमुख फरेद बख्तावरले सोमवार बताएअनुसार, आक्रमण उक्त प्रान्तका विभिन्न ठाउँमा भएका थिए ।
तालिबान लडाकूको एक समूहले पुश रोडको एक सुरक्षा नाकामा आक्रमण गर्दा १० जना प्रहरी मरेको उनले बताए ।
अर्को आक्रमण बाला बुलुक जिल्लामा भएको हो जहाँ सातजना मारिएका थिए भने तीनजना अपहरणमा परेका थिए ।
बाला बुलुकमा चर्को लडाईंपछि ६ प्रहरीले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन् । फराहका अन्य स्थानमा पनि आक्रमण भएको अधिकारीले बताए ।
एजेन्सी