०३ असार २०८३, बुधबार

अमेरिकामा आँधीका कारण मर्नेको संख्या ३२ पुग्यो

अमेरिकामा आँधीका कारण मर्नेको संख्या ३२ पुग्यो

काठमाडौं — अमेरिकाको क्यारोलाइना क्षेत्रमा आएको शक्तिशाली फ्लोरेन्स आँधीको चपेटामा परी मर्नेको संख्या ३२ पुगेको छ । आँधीका कारण उत्तर क्यारोलाइनाभरि संकटकाल घोषणा गरिएको छ । 

आँधीले गर्दा आएको बाढीले धेरै नदीहरूमा जलप्रवाह बढ्ने अपेक्षा गरिएको छ र पहिरोको सम्भावना पनि रहेको छ । 

आँधी अहिले पश्चिमतिर बढिरहेको छ । 

अधिकारीहरूले ३२ मृत्युमध्ये धेरैजसो नर्थ क्यारोलाइनामा भएको बताएका छन् । त्यहाँ मात्र २५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । 

तीन महिनादेखि एक वर्षसम्मका कम्तीमा तीनजना बच्चाको ज्यान गएको पुष्टि भएको छ । 

राज्यका अधिकारीहरूले आँधीको खतरा अझै कायम रहेको बताएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्