
काठमाडौं — अमेरिकाको क्यालिफोर्निया प्रान्तमा रहेको इडिल वाइल्ड शहरमा मानिसहरूले कुकुरलाई मेयर छानेका छन् । मेयर चुनावमा ब्वाँसो, गधा र बिरालो पनि उठेका थिए ।
कुकुर आधिकारिक कर्मचारी हैन । उसलाई प्रतीकात्मक रूपमा छानिएको हो ।
म्याक्स नामक कुकुरलाई मेयरका सबै सुविधा उपलब्ध गराइएको छ । मेयर म्याक्सको नाममा आधिकारिक फेसबूक आईडी पनि छ । म्याक्सका भाइ माइकी र बहिनी मित्जीलाई उपमेयर बनाइएको छ ।
नयाँ मेयरको मुख्य जिम्मेवारी पर्यटकहरू, स्थानीयहरू र मिडियासँग फोटो खिचाउने र शहरमा हुने कार्यक्रममा उपस्थिति जनाउनुपर्ने हुन्छ । जनावरप्रति मानिसको सहानुभूति बढाउने पहलका रूपमा यसो गरिएको छ ।
पैसाको कमीका कारण जनावरको संरक्षण गृहलाई बचाउनका लागि यो तरिका अपनाइएको हो ।
चुनावका लागि अन्लाइन मतदान भएको थियो ।
म्याक्सलाई गाडी पनि दिइएको छ । उसको पूरा नाम म्याक्सिमम मुलर हो र ऊ गोल्डन रिट्रीभर प्रजातिको हो ।
एजेन्सी