१४ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा धाँजा फाटेपछि अवरुद्ध बनेको उडान सुचारु

अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा धाँजा फाटेपछि अवरुद्ध बनेको उडान सुचारु
फाइल तस्बिर

काठमाडौँ– धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ । 

रनवेको मर्मतको करीब १२ मिनेट समय विमान ‘होल्ड’ मा परेपनि तत्कालै मर्मतपछि उडान अवतरण सामान्य बनेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । साँझ करीब ५ः४० बजे विमानस्थलको कोटेश्वरतर्फको रनवेमा सामान्य धाजा फाटेको ‘क्रयाक’ भएको थियो । अवतरणको क्रममा रहेका कोरियन एयरलगायतका विमान होल्डमा थिए । 

वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा र अन्तर्राष्ट्रियमा ३० वटा निजी वायुसेवा प्रदायक कम्पनीले सेवा दिदैँ आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्