२२ असार २०८३, सोमबार

विवादमा फसेपछि सलमान डराए, फेरे फिल्मको नाम

विवादमा फसेपछि सलमान डराए, फेरे फिल्मको नाम

सलमान खानको प्रोडक्शन हाउसको फिल्म लवरात्रिको नाम फेरिएको छ । 

फिल्मका कारण विवाद र विरोध चर्किएपछि सलमानले फिल्मको नाम फेरेका हुन्  । अब फिल्मको लवयात्री हुने भएको छ । निर्माताले यो फिल्मलाई विवादबाट बचाउँन यस्तो गरिएको बताएका छन् । फिल्मको नाम हिन्दूको पावन पर्व नवरात्रीसँग मिलाएर राखिएको भन्दै विरोध भइरहेको थियो । 

जब लवरात्रीको ट्रेलर सार्वजनिक भयो त्यतिवेला देखिनै विरोध शुरु भएको थियो । हिन्दूवादी संघ संगठनहरुले फिल्मका टाइटलमा आपत्ति जनाएका थिए । 

शिर्षकमा आपत्ति जनाएका हिन्दूवादीहरुले फिल्मको पोस्टरसमेत जलाएका थिए । 

यसअघि सलमान खालनले फिल्मको नामकले हिन्दूधर्मावलम्बिहरुको भावनामा चोट नपुग्ने बताउँदै आएका थिए । तर फिल्मको विरोध हुन नछोडेपछि फिल्मको नाम फेरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्