
काठमाडौं– निर्माण सामग्रीका लागि परिचित क्षमादेवी ग्रुपले भारतको चर्चित बिरला ग्रुपको बिरला एरोकोन सीपीभीसी र युपीभीसी पाइप तथा फिटिङ नेपाली बजारमा ल्याएको छ ।
भारतीय बजारमा एकछत्र राज गरेको बिरला एरोकोन पाइप तथा फिटिङ उच्च गुणस्तरीय, फिटिङ गर्न सजिलो र लिकेज प्रूफ रहेको क्षमदेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।
जडान गर्दा केमिकल प्रयोग गर्नुनपर्ने भएकाले यो स्वास्थ्यका लागि पनि लाभदायक रहेको उनको दाबी छ । पानी मानव जीवन र स्वास्थ्यसँग प्रतक्ष्य जोडिएकाले यसको प्रयोगले स्वास्थ्यमा कुनै हानी नगर्ने अध्यक्ष बस्नेतले बताए ।
'हामीहरू शुरूदेखि नै गुणस्तरीय निर्माण सामाग्री बजारमा ल्याउनुपर्छ भनेर लागिपरेका छौं र मूल्यमा होइन गुणस्तरमा प्रतिस्पर्धा गर्दैछौं,' बस्नेतले भने– 'मानिसले घर भनेको वर्षौं कमाएर जीवनमा एकपटक बनाउने हो । यसमा जीवनभरको कमाइ र भावना जोडिएको हुनाले हामीले त्यो भावना बुझेर गुणस्तरीय उत्पादनलाई नै प्राथमिकता दिएका हुन्छौं ।'
युपीभीसीको झ्याल ढोकाबाट निर्माण सामग्रीको व्यवसायिक यात्रा थालेको यो समूहले निर्माण सामग्री बजारमा महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।
जर्मन ब्राण्ड लिपरको लाइट तथा फिटिङ नेपाली बजारमा ल्याएर समेत चर्चा बटुलेको क्षमादेवी ग्रुपले स्कूल तथा अस्पतालहरूका लागि हजारभन्दा बढी भूकम्प प्रतिरोधी भवन बनाइसकेको छ ।
हेर्नुहोस्, केही तस्वीर :


