०९ असार २०८३, मंगलबार

अस्ट्रेलिया र न्युजील्यान्डमा स्ट्रबेरी फलको आतंक

अस्ट्रेलिया र न्युजील्यान्डमा स्ट्रबेरी फलको आतंक

काठमाडौं — अस्ट्रेलिया र न्युजील्यान्डका जनता आफ्नो प्रिय फल स्ट्रबेरी किन्नुअघि मेटल डिटेक्टरबाट जाँच गरिरहेका छन् । 

स्ट्रबेरीमा पिन लुकेको हल्ला फैलिएपछि मानिसहरू सतर्क भएका हुन् । त्यहाँका सरकारहरूले मानिसमा विश्वास कायम गर्न पहल गरेको भएपनि मानिसहरू डराइरहेका छन् ।

क्वीन्सल्यान्ड सरकारले यस्तो हल्ला फैलाउने व्यक्तिलाई पक्राउ गराउने व्यक्तिलाई एक लाख अस्ट्रेलियाली डलरको पुरस्कार राखेको छ । 

अघिल्लो हप्ता यस्तो हल्ला फैलिएको थियो । हल्ला फैलिएपछि ६ वटा ठूला ब्रान्डहरूले बजारबाट आफ्नो उत्पादन फिर्ता लिएका छन् । 

सबै राज्यमा स्ट्रबेरीप्रति मानिसमा डर फैलिएपनि अहिलेसम्म स्ट्रबेरी खाँदा पिन अड्किएर कोही घाइते भएको खबर छैन । 

न्युजील्यान्डमा पनि फल विक्रेताहरूले स्ट्रबेरीमा पिन रहेको हल्ला फैलिएपछि पसलमा राख्न छोड्नुपरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्