०९ असार २०८३, मंगलबार

फोन नउठाएपछि श्रीलंकाली राजदूतलाई फिर्ता बोलाइयो

फोन नउठाएपछि श्रीलंकाली राजदूतलाई फिर्ता बोलाइयो

काठमाडौं — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको फोन नउठाएका कारण अस्ट्रियाका राजदूत र पाँच अन्य कूटनीतिक कर्मचारीलाई श्रीलंकाले फिर्ता बोलाएको छ । 

अधिकारीहरूले शनिवार बताएअनुसार, राष्ट्रपतिको फोनको जवाफ नफर्काएकाले सजायका रूपमा उनलाई फिर्ता बोलाइएको हो । 

एक आधिकारिक सूत्रका अनुसार, अघिल्लो हप्ता सिरिसेनाले भियना दूतावासमा फोन गरेका थिए । कसैले पनि फोन उठाएन अनि घन्टौंसम्म जवाफ पनि फर्काएन । तर सिरिसेनाले दूतावासमा अचानक फोन किन गर्नुपरेको थियो र
परराष्ट्र मन्त्रालयमार्फत फोन किन नगरेको भन्ने विषय स्रोतले खोलेन । 

परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएको पुष्टि गरेको छ तर कुनै कारण दिएको छैन । अस्ट्रियामा श्रीलंकाली दूतावासले संयुक्त राष्ट्रसंघका एजेन्सी र पाँच अन्य देशका लागि पनि काम गर्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्