
काठमाडौं — क्यानडाको एक चिडियाखानामा एउटा अत्यन्तै दुर्लभ फूल फुलेको छ । त्यो फूल १० वर्षमा एकपटक मात्र फुल्छ ।
फूल हेर्नका लागि मानिसहरूको भीड चिडियाखानामा जम्म भएको छ ।
फूलको वैज्ञानिक नाम एमोर्फोफेलस टाइटेनम हो र यो इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । हल्का रातो फूलको अग्लाइ आठदेखि १० मिटर छ ।
फूलबाट सुगन्ध आउँदैन, बरू काँचो मासुको जस्तो गन्ध आउँछ । तैपनि मानिस यसलाई हेर्न ओइरिन्छन् ।
यो फूल आठदेखि ३६ घन्टासम्म मात्र फुल्छ । सामाजिक सञ्जालमा मानिसहरूले यो फूलको बारेमा चर्चा गरिरहेका छन् ।
एजेन्सी