
काठमाडौं — आर्थिक संकट र भोकमरीको सामना गरिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भव्य र विलासी भोजमा भाग लिएको तस्वीर सार्वजनिक भएको छ ।
टर्कीको इस्तानबुलमा मदुरोले महंगा खानेकुराहरू खाएको तस्वीर सार्वजनिक भएपछि विवाद भएको हो ।
अहिले भेनेजुएला खराब आर्थिक चरणमा गुज्रिरहेको छ । विगत एक वर्षमा कैयौं बालबच्चा भोकका कारण मरेका छन् ।
तस्वीरमा मदुरो टर्कीको साल्ट बेस्थित महंगो रेस्टुराँमा खाएको देखिन्छ ।
मदुरोलाई सेलेब्रिटी शेफ नुसरत गोकसेले खाना पस्केका हुन् ।
भेनेजुएलाको अर्थव्यवस्था ध्वस्त भएकाले ठूलो संख्यामा मानिस देशबाहिर भागिरहेका छन् । केही हप्ताअघि भेनेजुएलामा सरकारले नयाँ बैंक नोट जारी गरेको थियो । त्यसपछि दैनिक सामानको भाउ बढेको छ ।
एजेन्सी