२३ असार २०८३, मंगलबार

मन्त्री विष्टको निर्देशन– विषाक्त मदिरा सेवनबाट बिरामी परेकाहरूको उपचारमा कुनै कसर बाँकी नराख्नू

मन्त्री विष्टको निर्देशन– विषाक्त मदिरा सेवनबाट बिरामी परेकाहरूको उपचारमा कुनै कसर बाँकी नराख्नू

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 

मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवनबाट बिरामी भएका सबै नेपालीको राम्रो उपचारको व्यवस्था मिलाउन मन्त्री विष्टले निर्देशन दिएका हुन् ।

‘मलेसियामा भएको घटनाको विषयमा त्यहाँको कूटनीतिज्ञसँग सम्पर्क गरिरहेको छु, घटनामा परेका नेपालीको विषयमा अपडेट लिइरहेको छु,’ मन्त्री विष्टले लोकान्तरसँग भने, ‘बिरामीको उपचारका लागि राम्रो व्यवस्था गर्न दूतावासका कूटनीतिज्ञहरुलाई मैले निर्देशन दिएको छु ।’ 

विषाक्त मदिरा सेवनबाट मलेसियामा रहेका ६ जना नेपाली कामदारको मृत्यु भएको छ भने १६ जना नेपाली बिरामी परेका छन् । बिरामीमध्ये ४ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने १२ जना विभिन्न अस्पतालमा उपचारत छन् ।

मृत्यु भएका ६ जना नेपालीको पोस्टमार्टम हुन बाँकी रहेको जानकारी प्राप्त भएको भन्दै पोस्टमार्टम तथा त्यहाँको अन्य अनुसन्धान प्रक्रिया सकिएपछि शव नेपाल ल्याइने मन्त्री विष्टले बताए ।

विषाक्त मदिरा सेवनबाट धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डडेल्धुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङको मृत्यु भएको  क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्