१३ असार २०८३, शनिबार

मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा रजाक पक्राउ

असोज ३, २०७५
मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा रजाक पक्राउ

क्वालालम्पुर– मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । 

राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । 

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ । 
विगतमा रजाककै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए । 

नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ । 

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्